नियम १९
व्यवस्थापकको काम, कर्तव्य र अधिकार
ऐन र यस नियमावली अन्तर्गत गर्नु पर्ने कामहरुको अतिरिक्त व्यवस्थापकको काम, कर्तव्य र अधिकार देहायका समेत हुनेछन्ः–
(क) ऐनको दफा २० को उपदफा (४) बमोजिम रद्द गर्न आफले दिएको आदेश उपर परेको उजूरका सम्बन्धमा नेपाल सरकारले दिएको निर्णयलाई कार्यान्वयन गर्ने, गराउने ।
(ख) आवश्यक देखेमा निरीक्षकको काम कारबाही सम्बन्धमा जाचबुझ गर्ने ।
(ग) कुनै एक क्षेत्रको निरीक्षकले गर्नु पर्ने काम कारबाही अर्को क्षेत्रको निरीक्षकद्वारा गराउने ।
(घ) निरीक्षकलाई आफ्नो सामान्य नियन्त्रणमा राखी निजले गर्नु पर्ने काम कारबाहीका सम्बन्धमा निर्देशन दिने ।
(ङ) नेपाल सरकारबाट तोकेको अन्य कामहरु ऐन र यस नियमावलीको अधीनमा रही गर्ने ।